Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

कुमारी बैंकमा अब फोनलोनबाटै पटक–पटक कर्जा निकाल्न मिल्ने

कुमारी बैंकमा अब फोनलोनबाटै पटक–पटक कर्जा निकाल्न मिल्ने


  • 561
    Shares

    कुमारी बैंकमा अब फोनलोनबाटै पटक–पटक कर्जा निकाल्न मिल्ने

    काठमाडौं । कुमारी बैंकले ‘कुमारी फोनलोन’ अन्तर्गत ‘मल्टी डिस्बर्सल’ सुविधा सञ्चालनमा ल्याएको छ। 

    डिजिटल कर्जा प्रवाहको अग्रणी प्लेटफर्म फोनलोन र कुमारी बैंकबिचको सहकार्यमा सुरु भएको यो सेवाले अब ग्राहकलाई आफ्नो आवश्यकता अनुसार कर्जाको सीमाभित्र रहेर पटक–पटक रकम निकाल्ने स्वतन्त्रता दिएको छ। 

    यसअघि स्वीकृत भएको सम्पूर्ण कर्जा रकम एकैपटक लिनुपर्ने र अर्को कर्जाका लागि पुरानो ऋण चुक्ता गर्नुपर्ने बाध्यता रहेकामा यो नयाँ सुविधाले उक्त झन्झटलाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ। 

    यो नवीन सेवा अन्तर्गत योग्य ग्राहकले आफूलाई बैंकले तोकिदिएको कुल कर्जा सीमाबाट चाहिएको बेला चाहिए जति मात्र रकम निकाल्न सक्नेछन्। यसरी लिइने कर्जाको सबैभन्दा ठुलो विशेषता भनेको ग्राहकले जति रकम प्रयोग गर्छन्, त्यतिमा मात्र ब्याज लाग्नेछ। 

    बाँकी रहेको कर्जा सीमा भने भविष्यका लागि सुरक्षित रहनेछ, जसका कारण प्रयोगकर्तालाई अनावश्यक ब्याजको भार नपर्ने र वित्तीय व्यवस्थापनमा पारदर्शिता आउने विश्वास गरिएको छ। 

    कुमारी बैंकका योग्य ग्राहकले अब कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो र बिना कुनै झन्झट यो नयाँ सुविधा प्रयोग गरी आफ्नो वित्तीय गर्जो टार्न सक्नेछन्।

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १२:१७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij