Logo

२०८२ माघ २१ गते बुधवार

२०८२ माघ २१ गते बुधवार

कांग्रेस कार्यवाहक मुख्यसचिव बने दुलाल

कांग्रेस कार्यवाहक मुख्यसचिव बने दुलाल


  • 512
    Shares

    कांग्रेस कार्यवाहक मुख्यसचिव बने दुलाल

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत भएको छ ।  उनले गत माघ ८ गते दिएको राजीनामा सभापति गगन थापाले बुधबार स्वीकृत गरेका हुन् । 

    उनको राजीनामा स्वीकृत भएसँगै केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकिएको छ । 

    ‘सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई  नेपाली कांग्रेस केन्द्रीय कार्यालयको का.वा. मुख्य सचिवको जिम्मेवारी तोक्नु भएको छ’, सचिव प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    प्रकाशित मिति :माघ २१ २०८२ बुधवार - १७:०६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij