Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

विद्युत् प्राधिकरणका तीनवटै युनियन विरोधमा

विद्युत् प्राधिकरणका तीनवटै युनियन विरोधमा


  • 4.5K
    Shares

    • images
    विद्युत् प्राधिकरणका तीनवटै युनियन विरोधमा

    काठमाडौं । ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको विद्युत् व्यापार प्रधानमन्त्री केपी ओली निकट विशाल ग्रुपलाई दिने गरी प्रक्रिया अगाडि बढाएपछि प्राधिकरणका तीनवटै क्रियाशील कर्मचारी ट्रेड युनियहरूले विरोध गरेका छन् ।

    आज (बुधबार) तीनवटै ट्रेड युनियनहरूले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र दिंदै प्रक्रिया अघि बढाइएमा कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

    प्राधिकरणको कर्मचारी कल्याण परिषद्, कर्मचारी संघ र राष्ट्रिय कर्मचारी युनियनले प्राधिकरणलाई विशाल ग्रुपको अधीनस्थ हुने गरी सहभागी नहुनरनगराउन जोडदार माग गरेका छन् ।

    परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, संघका अध्यक्ष जनार्दन भट्टराई र युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरी दिइएको उक्त ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्री र प्राधिकरणका सञ्चालकहरूलाई पनि दिइएको छ ।

    ध्यानाकर्षण पत्रमा प्राधिकरणको ‘कर्पोरेट डेभलपमेन्ट प्लान’ (संस्थागत विकास योजना) सञ्चालक समितिबाट पारित भइसकेको र आफ्नै सहायक कम्पनीको रूपमा ‘नेपाल विद्युत् व्यापार कम्पनी’ गठन गरिसकेको अवस्थामा त्यसलाई क्रियाशील गराउनुपर्नेमा प्राधिकरणको नगण्य सहभागिता रहने गरी विद्युत् व्यापार गर्न निजी क्षेत्र हावी हुने गरी स्थापना हुने कम्पनीमार्फत अघि बढाउँदा समग्र ऊर्जा क्षेत्रलाई थप अनिश्चिततार्फ धकेल्ने उल्लेख छ । 

    foto_JyncyKGbFi.jpg

     

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १६:४४:१३ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij