Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

शरद ओझा प्राधिकरणमा फर्किन नपाउने, नयाँ अध्यक्ष नियुक्तिका लागि खुल्यो बाटो

शरद ओझा प्राधिकरणमा फर्किन नपाउने, नयाँ अध्यक्ष नियुक्तिका लागि खुल्यो बाटो


  • 1.2K
    Shares

    शरद ओझा प्राधिकरणमा फर्किन नपाउने, नयाँ अध्यक्ष नियुक्तिका लागि खुल्यो बाटो

    काठमाडौं । बीमा प्राधिकरणमा शरद ओझा फर्किन नपाउने भएका छन् । तत्कालीन सरकारले गरेको बर्खास्ती निर्णयविरुद्ध सर्वोच्च गएका ओझाको पक्षमा निर्णय नभएसँगै उनी प्राधिकरणमा फर्किन नपाउने भएका हुन् । 

    आइतबार न्यायधीशहरु नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरकालीन आदेश निरन्तर नहुने गरी निर्णय गरेसँगै उनको प्राधिकरण फर्किने बाटो बन्द भएको हो । 

    सर्वोच्चले सरकारले बीमा ऐन बमोजिमको छानबिन समिति गठन गरेको देखिएको र सो समितिले निवेदकलाई सुनुवाइको मौका समेत प्रदान गरेको अवस्थामा बर्खास्तीको निर्णय रितपूर्वक भएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

    अब प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिको बाटो खुला भएको छ । सरकारले केही दिन अघि मात्रै प्राधिकरणको अध्यक्षको जिम्मा अर्को सूचना जारी नभएसम्मका लागि सङ्घीय मामिला मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी तोकेर पठाएको छ ।  

     

    images
    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १४:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij