Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

सांसद र मेयर पद छोडेर संसदीय चुनाव लड्न भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेः सांसद परियार

सांसद र मेयर पद छोडेर संसदीय चुनाव लड्न भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेः सांसद परियार


  • 449
    Shares

    सांसद र मेयर पद छोडेर संसदीय चुनाव लड्न भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेः सांसद परियार

    काठमाडौं । नेपाली काँग्रेसका सांसद पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुन ठूलो संख्यामा जनप्रतिनिधिहरूले कार्यकाल पूरा हुनुअगावै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । 

    उनका अनुसार ३० जनाभन्दा बढी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् । उनले नेपालको संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण गराएका छन् । 

    उनले जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपिएको बताउँदै विद्यमान कानुनमा संशोधन गर्न सरकार र संसदको ध्यानाकर्षण गराएका छन् । उनले जनताप्रति उत्तरदायी संसदीय राजनीतिक संस्कार स्थापित गर्न कानूनी व्यवस्था थप मजबुत बनाउन आवश्यक रहेको बताएका छन् ।

    उनले भने, ‘अगामी २१ फागनुको निर्वाचनका लागि ३० जनाभन्दा बढी प्रदेश सांसद एवं स्थानीय तहका प्रमुखरउप्रमुखहरुले आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै राजीनामा दिएर निर्वाचनमा होमिने निर्णय गर्नुभएको छ । नेपालको संविधानको धारा ८६, १७७ र २१५ ले सांसदहरुको कार्यवअधी पाँच वर्ष तथा स्थानीय तहका प्रतिनिधिको कार्यअवधी समेत पाँच वर्ष तोकेको छ । भगौडा र धोकेबाज प्रेमीजस्तै यीनिहरुले जनतासँग खाएको वाचा र शपथ खाएको संविधान बिर्सिएका छन् । फेरी उपनिर्वाचन गराउन बाध्य पारेर राज्यको ढुकुटिमा करोडौँको भार थपेका छन् । तसर्थ सम्माननीय अध्यक्ष महोदय जनतालाई धोका दिने र आफ्नो जिम्मेवारी नसकिँदै भाग्ने भगौडा राजनीतिलाई रोक्न र संसदीय राजनीतिलाई रोक्न विद्यमान कानूनहरुमा संशोधन गर्न जोडदार माग गर्दछु ।’

     

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १३:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij