२०८२ माघ १८ गते आइतवार
काठमाडौं । बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापनका लागी नेपाल राष्ट्र बैंकले३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।
स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते हुने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij