Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न


  • 379
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा शनिबार एक समारोहकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । 

    कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ऋणीहरुको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्ने, बैंकद्वारा ऋणीहरुको प्रोफाइलिङ गर्ने, नगद कारोबार भन्दा डिजीटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने लगायत विषयमा जोड दिएका छन् । 

    कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री खनालले बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा यस वर्ष राष्ट्रिय वाणिज्य बैंकले सञ्चालनमा ल्याएका १२ वटा शाखा कार्यालयहरुको डिजिटल माध्यमबाट औपचारिक रुपमा उदघाटन गरेका छन् । सोही अवसरमा मन्त्री खनालले बैंकको नयाँ प्रडक्ट आरबिबि फोन लोनको शुभारम्भ गरेका छन् । 

    कार्यक्रममा बैंकमा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो। 

    मूल समारोहको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईं , नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष सुदिन केसी र राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले कर्मचारीको हकहित तथा समग्र बैंकको सम्बन्धमा आ–आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरेका छन् ।

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १३:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij