Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो


  • 1.1K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा ५३.९५ प्रतिशतले बढेको छ।

    सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ३० करोड २५ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १८.४९ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले १ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

    यस्तै पुससम्म बैंकले ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ। यस हिसाबले दोस्रो त्रैमाससम्म बैंकले ५.०७ प्रतिशत लाभांश क्षमता बनाएको छ। बैंकको सञ्चालन मुनाफा ६९.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिसम्म बैंकले ४५ करोड १३ लाख १३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १६.२१ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २४.७८ गुणा र प्रतिशेयर नेटवर्थ १५३.२४ रुपैयाँ रहेको छ।

    बैंकको चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:५८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij