Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड


  • 694
    Shares

    एनएमबि बैंकले ल्यायो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

    काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकता अनुसार ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो ।

    बैंकका अनुसार यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई अझ सहज र प्रिमियम बनाउने अपेक्षा गरिएको छ । नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थल लाउन्जको सुविधा पनि प्राप्त गर्नेछन् (सर्तहरू लागू हुने)। विशेषगरी धेरै यात्रा गर्ने तथा बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने बैंक बताएको छ ।

    डिजिटल बैंकिङमा अग्रणी रहने लक्ष्यसहित एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव दिन यी अत्याधुनिक सुविधाहरू ल्याएको जनाएको छ । बैंकका अनुसार नयाँ कार्डका विशेषताहरूले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेछन् ।

    यी नयाँ कार्डबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले नजिकको एनएमबि बैंक शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमार्फत जानकारी लिन सक्नेछन् ।

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १६:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij