Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल बैंकको लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा

नेपाल बैंकको लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा


  • 617
    Shares

    नेपाल बैंकको लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा

    काठमाडौं ।  नेपाल बैंक लिमिटेड तथा खल्ती बाई आइएमईको सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी लिंक लोड एन्ड वीथड्र वीन रिवार्डस् भाया खल्ती अभियान सञ्चालनमा ल्याएको छ ।

    सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता Khalti मा link गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई movie tickets वा Khalti Pro Subscription  र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।

    सो अभियानमा योग्य हुनको लागि खल्ती Wallet मा दर्ता भई kyc अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता Khalti Wallet मा link हुनुपर्ने तथा link गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ ।

    यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१-५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १६:३१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij