२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । आईतवार दिउँसो इजरायली सेनाले दक्षिणी लेबनानको लिटानी नदी क्षेत्रमा अवस्थित कफार हट्टा गाउँमा १० पटकभन्दा बढी हवाई आक्रमण गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार यी आक्रमणहरूले त्यस क्षेत्रमा व्यापक भौतिक क्षति पु¥याएका छन् ।
इजरायली सैन्य प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जालमार्फत कफार हट्टामा रहेको हिजबुल्लाहको सैन्य पूर्वाधारमा छिट्टै आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले हिजबुल्लाहलाई उक्त स्थानमा आफ्ना गतिविधिहरू पुनः शुरु गर्नबाट रोक्न यो कदम चालिएको बताएका छन् । आक्रमण पूर्व अद्राईले स्थानीय बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान र कम्तीमा ३०० मिटर टाढा रहन आग्रह गरेका थिए । कफार हट्टाका अतिरिक्त इजरायलले दक्षिणी लेबनानका अन्य क्षेत्रहरू जस्तै जब्बा र जेजिनमा पनि व्यापक हवाई हमला गरेको छ ।
हालसम्म यी आक्रमणहरूबाट भएको मानवीय क्षतिको कुनै आधिकारिक रिपोर्ट प्राप्त भएको छैन। गत नोभेम्बर २७, २०२४ देखि अमेरिका र फ्रान्सको मध्यस्थतामा हिजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ । इजरायलले यी हमलाहरू हिजबुल्लाहको खतरा हटाउनका लागि गरिएको दाबी गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij