२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।
गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६३२ प्रतिशतले हुन आउने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षमा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij