२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुभ इवेन्टस, गोल्फुटार, काठमाडौंमा सम्पन्न भएको हो ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजीको १०.१७८० प्रतिशतका दरले नगद लाभाशं कर सहित वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१\८२ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाइप्फ इन्स्योरेन्सको आर्थिक वर्ष २०८१\८२ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
आर्थिक वर्ष २०८१\८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।बीमितहरुको विश्वास तथा अभिकर्ताहरुको उत्प्रेरणादायी सहयोग, सञ्चालक समितिको अभिभावकिय भुमिकाका साथै मार्गनिर्देशनका कारण बीमा बजारमा कम्पनीले सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी गराएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij