Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आइजीआई प्रुडेन्सियलकाे २८औँ वार्षिक साधारण सभा सम्पन्न

आइजीआई प्रुडेन्सियलकाे २८औँ वार्षिक साधारण सभा सम्पन्न


  • 799
    Shares

    आइजीआई प्रुडेन्सियलकाे २८औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योेरेन्सले पौष २४ गते बिहीबार अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । 

    हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । 

    कुनै पनि राष्ट्रको अर्थतन्त्रको समग्र अवस्था, व्यवसायको विस्तार र दिगोपनको मूल्यांकन गर्दा बीमा बजारको विकास, पहुंच र विश्वसनीयतालाई एक प्रमुख सूचकको रुपमा लिने बीमा बजारको स्थायित्व कायम राख्ने र विश्वसनीयता अभिवृद्धि गर्ने तथा यसको दायरा र प्रभाव विस्तार गर्ने उद्देश्य रहेको बताए ।

    कम्पनीले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धि प्रस्ताव शेयरधनी महानुभावहरुद्धारा सभामा सर्वसम्मतीबाट स्वीकृत गरेको छ । त्यसैगरी कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र  कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

    यसै गरी चालु आर्थिक बर्षको भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा निर्जीवन बीमा क्षेत्रमा करिब २३ अरब ४४ करोडको दावी परेको छ भने असोज १८ गते देखिको अविरल बर्षा, बाढी पहिरोबाट करिब ४ अरब बराबरको दावी परेको छ । यद्यपी, सरकाले अघि बढाइरहेका नीतिगत पहलकदमी, आर्थिक सूचकांकहरुमा देखिन थालेको र क्रमिक सुधार तथा शेयर बजारमा देखिएको सकारात्मक संकेतले समग्र आर्थिक गतिविधि क्रमशः सुदृढ हुंदै जाने अपेक्षा गर्दै दीर्घकालिन रुपमा व्यवसायिक वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने बिचार व्यक्त गरे । 

    कम्पनीको २८औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने जनाइएको छ । 

    चुक्ता पूंजी रु.३ अरब २ करोड सहित निर्जीवन बीमा कम्पनीहरुमा सबभन्दा ठूलो बीमा कम्पनीको रुपमा कम्पनी रहेको छ । कम्पनीको व्यावसायमा पनि क्रमिक रुपमा वृद्धि हुंदै गएको छ । समीक्षा आ.ब.मा बैकिङ्ग क्षेत्रमा देखिएको तरलता र व्याजदरमा आएको कमीका कारण व्यावसय वृद्धि हुने अवेक्षा गरिएको थियो तर बैंकको कर्जाको व्याज एकल अंकमा आउंदा समेत अपेक्षाकृत ऋण लगानीमा वृद्धि हुन सकेन जसको वावजुत आषातित व्यावसाय समेत वृद्धि हुन सकेन त्यसैगरी नेपाल सरकारको विकास खर्च न्यून भएबाट देशमा ठूला ठूला आयोजनाहरु प्रत्यक्ष रुपमा प्रभावित भएको पनि श्री श्रेष्ठले सभालाई जानकारी गराउनु भयो ।


    गत आ.ब. २०८०/०८१ मा निर्जीवन बीमा क्षेत्रको कूल बीमा प्रिमियम आर्जन रु.४१ अरब १७ करोड रहेकोमा समीक्ष बर्षमा ६.७७ प्रतिशतले बृद्धि भई रु.४३ अरब ९५ करोड रहेको छ ।  त्यसैगरी कम्पनीले गत आर्थिक बर्ष २०८०\०८१ मा हासिल गरेको बीमा प्रिमियम रु.३ अरब ६३ करोड ६१ लाखमा ६.३२ प्रतिशतले वृद्धि गरी समीक्षा बर्षमा रु.३ अरब ८६ करोड ५९ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । 

    समीक्षा बर्षमा कम्पनीले कूल दावी संख्या १८ हजार ५ सय को लागि रु.२ अरब ४६ करोड ३३ लाख वरावरको दावी भुक्तानी गरेको छ भने नेपाल सरकारलाई विभिन्न कर वापत कूल रु.७९ करोड ८७ लाख भुक्तानी गरी राष्ट्र निर्माणमा ठूलो योगदान छ ।  

     

    प्रकाशित मिति :पौष २४ २०८२ बिहिवार - १५:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij