Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनआईसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाहको प्रयास

एनआईसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाहको प्रयास


  • 2.6K
    Shares

    • images
    एनआईसी एसिया बैंकभित्रै ऋणीले गरे आत्मदाहको प्रयास

    काठमाडौं । एनआईसी एशिया बैंकका एक ऋणीले बैंकभित्रै आत्मदाह प्रयास गरेका छन्। सुनसरीको इटहरीस्थित शाखामा ऋणी लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका हुन्।

    पौडेललाई इलाका प्रहरी कार्यालय इटहरीमा लगेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ। बैंकका कर्मचारीलाई पनि सोधपुछका लागि बोलाइएको छ। 

    प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले बैंकबाट १ करोड ऋण लिएको र विगत ५ सात महिनादेखि ब्याज नतिरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले बताएका छन्।

    बैंकमा जाने क्रममा उनले साथमा पेट्रोल लिएर गएको खड्काले बताएका छन्। साथै, उनले आफूले लगेको पेट्रोल बैंकका कर्मचारी र आफूमाथि छर्केको प्रहरीले जनाएको छ।  

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - १७:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij