Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग


  • 547
    Shares

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गरेको छ । 

    गत भाद्र २३ र २४ गते आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यलेयस कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग प्रदान गरेको हो ।

    उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

    साथै उक्त रकम सहित आजको मितिसम्म कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ ।  

     

    प्रकाशित मिति :पौष २१ २०८२ सोमवार - ११:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij