Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

जन्मदर बढाउने चीनको जुक्ति- अस्थायी साधनमा महँगो कर, बच्चा हुर्काउने सामानमा कर छुट

जन्मदर बढाउने चीनको जुक्ति- अस्थायी साधनमा महँगो कर, बच्चा हुर्काउने सामानमा कर छुट


  • 1.2K
    Shares

    जन्मदर बढाउने चीनको जुक्ति- अस्थायी साधनमा महँगो कर, बच्चा हुर्काउने सामानमा कर छुट

    काठमाडौं । चीन सरकारले जन्मदर बढाउने उद्देश्यले परिवार नियोजनका अस्थायी साधनको मूल्यमा विक्री कर बढाएर महँगो बनाएको छ ।

    चीनमा सन्तान जन्माउने दर घटेर भारतको भन्दा कम जनसंख्या भएपछि जन्मदर बढाउन विभिन्न प्रयास भइरहेका छन् । पछिल्लो पटक सरकारले कण्डम र अन्य गर्भ निरोधक चक्कीहरूमा १३ प्रतिशत विक्री कर लगाइएको बीबीसीले जनाएको छ ।

    अर्कोतर्फ बच्चाको स्याहार सुसारसँग सम्बन्धित सेवा र वस्तुमा भने यस्तो कर हटाइएको छ । यो व्यवस्था जनवरी १ देखि लागु भएको छ । विश्वकै दोस्रो अर्थतन्त्र भएको चीनले जनसंख्या बढाउने कोसिस गरिरहेको छ ।

    सन् १९९४ मा चीन सरकारले जन्म दर रोक्न कण्डमलगायत साधनमा कर छुट दिएको थियो । त्यसबेला चीनले एक सन्तानको नीति लिएको थियो ।
     
    कण्डमलगायत गर्भनिरोध महँगो भएपछि मानिसले तिनको प्रयोग कम गर्ने र सन्तान वृद्धि हुने अपेक्षाले यस्तो निर्णय भएको बताइएको छ ।

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १४:०३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij