Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन

रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन


  • 785
    Shares

    • images
    रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनि टिप्पणी गरेका छन् । 

    एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरुले सहकार्य गर्नुपरेको ओलीका जिकिर थियो । मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र  स्यालले मोर्चा गरेर जित्न नसक्ने बताएका छन् ।

    अध्यक्ष ओलीले काँग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरुले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दावी समेत गरेका छन् । उनले को लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत बताएका छन् । अध्यक्ष ओलीले लोकतन्त्र पराजित नहुने भएकाले आफूहरुले आगामी निर्वाचनमा विजय सुनिश्चित भएको जिकिर समेत गरेका छन् ।
     
    उनले भने,‘ अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन–विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौ भनेको छ । ऊ सँग पनि मिलौ भनेको छ । यसो हे¥यो विशालकाय एमाले छ । भिँड्नु त्योसँग छ । अनि लौन मिलू भनेर ।।।। अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? 

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १७:०७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij