Logo

२०८२ पौष १५ गते मंगलवार

२०८२ पौष १५ गते मंगलवार

अनधिकृत कारोबारबारे तत्काल खबर गरौँ - राष्ट्र बैंक

अनधिकृत कारोबारबारे तत्काल खबर गरौँ - राष्ट्र बैंक


  • 603
    Shares

    अनधिकृत कारोबारबारे तत्काल खबर गरौँ - राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

    राष्ट्र बैंकले आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्नु पर्ने बताएको छ । 

    तपाइँको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने थाहा पाउनु भएको छ ?’, सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या समाधान सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगका लागि कर्मचारी (कस्टमर सपोर्ट टिम)को व्यवस्था गरेका हुन्छन्।’

    केन्द्रीय बैंकले भनेको छ,‘ बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरूको व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र ग्राहक संरक्षण टिमममा खबर गर्नु पर्दछ ।’

    606387798_878496797903070_5821410617813823519_n_20251230105250.jpg

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - ११:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij