Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

लाभांश पारित गर्न प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा

लाभांश पारित गर्न प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा


  • 988
    Shares

    लाभांश पारित गर्न प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    गत आर्थिक वर्ष २०८१\८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्।

    बोनस शेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालकसमितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

    लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  

    images
    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १३:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij