Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

७३ जिल्लामा निषेधाज्ञा, अब ४ जिल्लामात्र बाँकी (सुचीसहित)

७३ जिल्लामा निषेधाज्ञा, अब ४ जिल्लामात्र बाँकी (सुचीसहित)


  • 5.9K
    Shares

    ७३ जिल्लामा निषेधाज्ञा, अब ४ जिल्लामात्र बाँकी (सुचीसहित)

    काठमाडौं । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ७३ पुगिसेकेको छ ।

    गृह मन्त्रालयको विवरणअनुसार देशका ७७ जिल्लामध्ये निषेधाज्ञा जारी हुन अब जम्मा ४ जिल्ला मात्र बाँकी छन् । ती हुन्– पूर्वीरुकुम, मनाङ, खोटाङ र तेह्रथुम ।

    यी जिल्लामा तुलनात्मक रूपमा संक्रमित कम देखिएकाले अहिलेसम्म निषेधाज्ञा जारी नगरिएको हो । अन्य ७३ जिल्लामा भने आंशिक तथा पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएको छ। 

    गृह मन्त्रालयका अनुसार निषेधाज्ञा घोषित जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक रूपमा लागू छ । आंशिक निषेधाज्ञा लागू गरिएका जिल्ला हुन्, काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ । 

    हेर्नुहोस्, निषेधाज्ञा जारी जिल्लाको सूची :

    1.jpg2.jpg3.jpg5.jpg6.jpg8.jpg

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १३:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij