२०८२ भाद्र ८ गते आइतवार
मुटुको कार्यसंचालनमा अकस्मात अवरोध पैदा हुनुलाई हृदयघात भनिन्छ । मुटु मांशपेशीहरुले बनेको अंग हो ।
जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ । मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र हृदयघात हुन पुग्छ
हृदयघातबाट बच्ने उपाय
– स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।
– खानामा चिनी, नुन र चिल्लोको कम मात्र प्रयोग गर्ने । यीनीहरुले धमनीहरुमा रगतको ढिक्का बनाउने सम्भावना प्रबल हुन्छ ।
– नियमित ३० मिनेट हिँड्ने, शारीरिक कसरत, योग तथा व्यायाम गर्नाले हृदयघातको खतराबाट सजिलै बच्न सकिन्छ ।
– धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहको समस्यामा नियमित परीक्षण गर्ने ।
– वजन नियन्त्रण गर्ने, मोटोपनाले पनि मुटुमा विभिन्न समस्या निम्त्याउँछ । त्यसैले आफ्नो उमेर र लम्बाईको हिसाबले आफ्नो वजन नियन्त्रण गर्ने ।
– बदामको सेवन गर्ने, यसले रक्तनलीमा सकारात्मक प्रभाव पार्छ । साथै यसले हानिकारक कोलस्ट्रोल कम गर्न पनि मद्दत गर्छ । हृदयघातबाट बच्नका लागि
– तारिएको र भुटिएको खानेकुराको कम सेवन गर्ने ।
– खानामा तेलको कमभन्दा कम प्रयोग गर्ने । जसमा पनि जैतुनको तेल उचित मानिन्छ । जैतुनको तेलमा फ्याटी एइसिड प्रचुर मात्रामा हुने भएकाले मुटु रोगको खतरालाई कम गर्छ ।
– जीवनशैली परिवर्तन गर्ने तथा शारीरिक रूपमा सक्रिय रहने
– मदिराबाट टाढा रहनुका साथै चिसो हावाबाट पनि टाढा बस्ने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij