Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

ग्लोबल आइएमई बैंकद्वारा 'फास्ट लोन अगेन्स्ट सेयर' प्लेटफर्म सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा 'फास्ट लोन अगेन्स्ट सेयर' प्लेटफर्म सार्वजनिक


  • 456
    Shares

    ग्लोबल आइएमई बैंकद्वारा 'फास्ट लोन अगेन्स्ट सेयर' प्लेटफर्म सार्वजनिक
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । 

    बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाटै सेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यो प्लेटफर्म प्रयोग गरी ग्राहकले कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एक पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भएर आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ । 

    यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म तोकिएको छ । 

    यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयमको हुनु पर्नेछ । निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।

    यो सुविधा बैंकका ३१ वटा शाखा कार्यालयबाट उपलब्ध हुने बैंकले जनाएको छ । तसर्थ, कर्जा लिन अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनौट गरी स्वीकृतिपछि गएर सहीछाप गरिसकेपछि कर्जा दिइने जनाइएको छ ।  

     

     

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १३:१६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij