२०८२ पौष ६ गते आइतवार
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
बैंकले तीन वर्ष यता लगातार शेयरधनीको हात खाली बनाउँदै आएको छ। बैंकले आर्थिक वर्ष २०७८\२०८९ मा लाभांश घोषणा गरे पश्चात् लाभांश वितरण गरेको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij