Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

आज पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान गर्दै

आज पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान गर्दै


  • 652
    Shares

    आज  पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान गर्दै
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको  सचिवालयले जानकारी दिएको छ । 

    भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने सचिवालयले जनाएको छ।

    डा भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भईुदक्षिण एसियाको लोकतान्त्रिक भविष्यस् युवा, प्रविधि र समावेशी लोकतन्त्रु  विषयमा विशेष सम्बोधन गर्नेछन्।

    नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

    597919312_853067780777408_8229600339484626895_n_YgcLfTrLgD.jpg

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - ११:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij