Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आजदेखि काठमाडौंमा चिनियाँ खोप 'भेरोसेल'को दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ?

आजदेखि काठमाडौंमा चिनियाँ खोप 'भेरोसेल'को दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ?


  • 7.4K
    Shares

    आजदेखि काठमाडौंमा चिनियाँ खोप 'भेरोसेल'को दोस्रो डोज अभियान, कहाँ कहाँ लगाइँदैछ ?

    काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप 'भेरोसेल'को दोस्रो डोज आजबाट लगाउन थालिएको छ । 

    गत २५ चैतदेखि १५ वैशाखसम्म पहिलो डोज लगाएका नागरिकलाई आजबाट दोस्रो डोज दिन थालिएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना प्रकाशित गरी काठमाडौंमा आजबाट ११ जेठसम्म खोप लगाइने जनाएको छ ।

    भेरोसेलको दोस्रो डोजका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा खोप केन्द्र राखिएको छ । चन्द्रागिरि नगरपालिकाका तीन ठाउँमा, कीर्तिपुर नगरपालिकाको नयाँबजार गेट र बुँगाउँमा खोप केन्द्र तोकिएका छन् ।

    यसैगरी, बूढानीलकण्ठ नगरपालिकाका गणेश मावि र बाल उद्धार मावि, गोकर्णेश्वर नगरपालिकाका नेपाल मेडिकल कलेज र चामुण्डा मावि, नागार्जुन नगरपालिकाका राजकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएका छन् ।

    मनहराको गोठाटार स्वास्थ्य चौकी र तारकेश्वरको मनमैजु स्वास्थ्य चौकीमा खोप केन्द्र राखिएका छन् । भेरोसेलको दोस्रो डोज लगाउन यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र लैजान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

    यी ठाउँमा लगाइँदै छ खोप

    ccc.jpg

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - ११:४६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij