२०८२ पौष ६ गते आइतवार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेका छन्।
सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४.७५ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ९७ हजार ७५२.१४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने १५ लाख ४७ हजार २५०.११ रुपैयाँबराबरको नगद लाभांश छन्।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij