२०८२ पौष २ गते बुधवार
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीकोसञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने भएको छ । लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij