Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग

कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग


  • 526
    Shares

    कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । मिति २०८२ भदौ २३ र २४ गते मुलुकमा भएको GenZ युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय संचालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरेको हो । 

    बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रलाई हस्तान्तरण गर्नुभएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रा.डा. मिश्रले बैंकद्वारा गरिएको कम्प्युटर हस्तान्तरणले एशोसिएशनमा काम गर्नको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    उक्त कार्यक्रममा बोल्दै बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

    बैंकका सिएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - ११:२४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij