२०८२ मंसिर २९ गते सोमवार
काठमाडौं । सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासन भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरेको हो ।
दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन तथा लैजान पाउनेछन् । यसअघि भारतीय रुपैयाँ १ सयका नोट मात्रै बोक्न सरकारले अनुमति दिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij