Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

अस्ट्रेलिया गोलीकाण्ड : जसले ज्यानको बाजी राखेर खोसे बन्दुकधारीबाट हतियार

अस्ट्रेलिया गोलीकाण्ड : जसले ज्यानको बाजी राखेर खोसे बन्दुकधारीबाट हतियार


  • 757
    Shares

    अस्ट्रेलिया गोलीकाण्ड : जसले ज्यानको बाजी राखेर खोसे बन्दुकधारीबाट हतियार
    images

    अस्ट्रेलियाको बन्डी बिचमा आइतबार अन्धाधुन्ध गोली चल्यो। समुद्री किनारमा झन्डै एक हजार मानिसहरू उपस्थित भई यहुदीहरूको हानोक पर्व मनाउँदै थिए।

    दीप प्रज्वलन गरी हानोक ८ दिनसम्म मनाइन्छ। यस अवसरमा प्रार्थना, धार्मिक गीत, परिवारिक भेला, परम्परागत खाना र उपहार आदान–प्रदान गरिन्छ, जसले आशा, आस्था र उज्यालोको प्रतीकात्मक सन्देश दिन्छ।

    आइतबार बन्डी बिचमा एउटा दीप प्रज्वलन हुँदै गर्दा छेवैको पुलबाट दुईजनाले भिडतर्फ अन्धाधुन्ध गोली चल्यो।गोली चलेपछि मानिसहरूबीच भागदौड मच्चियो। १० जनाको घटनास्थलमै मृत्यु भयो। दर्जनौं गोली लागेर ढले।

    न्यू साउथ वेल्स प्रहरीका अनुसार घटनामा कम्तिमा ४० जना घाइते भएका छन्। गम्भीर घाइते भएका थप ५ जनाको मृत्यु भएपछि मारिने सर्वसाधारणको संख्या १५ पुगेको छ।

    भिडमा अन्धाधुन्ध गोली चलाउने दुई जना बाबु छोरा रहेको भनेर अस्ट्रेलियाको प्रहरीलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

    गोली चलाउने ५० वर्षीय पुरूष मारिएका छन्। उनका २४ वर्षीय छोराको उपचार भइरहेको छ। गोलीकाण्डको एउटा भिडिओ पनि सार्वजनिक भएको छ।

    जसमा एक व्यक्ति भिडतर्फ गोली चलाइरहेको देखिएका छन्। ती संदिग्धको पछाडिपट्टि पार्किङ छ। जहाँ धेरै संख्यामा कार पार्क गरिएको देखिन्छ।

    पार्किङ गरी राखिएका त्यही कारको छेल पार्दै एक पुरूष बन्दुकधारीतर्फ अगाडि बढ्छन्। बन्दुकधारीले चाल नपाउँदै ती पुरूष उनीमाथि जाइलाग्छन्। अकास्मात् भएको हमलाबाट बन्दुकधारीले त्यसको प्रतिकार गर्न भ्याउँदैनन् र जमिनमा ढल्छन्।

    ती पुरूषले भने बन्दुकधारीबाट हतियार खोस्छन्  र उनीमाथि नै तेर्स्याउँछन्। बन्दुकधारी लडखडाउँदै उठेर भाग्ने प्रयत्न गरिरहेको भिडिओमा देखिन्छ।

    ती व्यक्तिको अहिले संसारभर ‍प्रशंसा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको प्रशंसा गर्दै ुनायकु भनेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ती व्यक्ति फलफूल व्यवसायी हुन्। उनको नाम अहमद अल अहमद भन्ने खुलेको छ।

    पछि अहमदलाई पनि गोली लागेको थियो। उनको हातमा गोली लागेको छ। हाल उनी उपचाररत रहेको र स्वास्थ्य सुधारोन्मुख रहेको पनि अहमदका भतिजा भतिजा मुस्तफाले अस्ट्रेलियाको सेभेन न्युजसँग बताएका छन्।

    निसन्देह उहाँ नायक हो, सय प्रतिशत नायक, उनले भने, अहिले पनि अस्पतालमै छन्, भित्र के भइरहेको छ भन्ने पूर्ण जानकारी छैन, तर हामी सबै ठीक हुने आशामा छौं।

    बन्डी बिचमा लगभग दस मिनेट अन्धाधुन्ध गोली चलेको थियो। अहमदले साहस देखाउँदै थप मानिसहरू हताहति हुन नदिएको र धेरैको ज्यान जोगाएको भन्दै उनको चौतर्फी प्रशंसा भएको छ।

    न्यू साउथ वेल्सका मुख्यमन्त्री क्रिस मिन्सले पनि अहमदलाई साँचो नायकको संज्ञा दिँदै भिडिओ आफूले देखेको सबैभन्दा अविश्वसनीय दृश्य भएको टिप्पणी गरेका छन्।

    अहमदको उपचार र सहयोगका लागि गो फन्ड अभियान समेत सुरू भएको छ। जसमा केही घन्टामै २ लाख अस्ट्रेलियन डलर संकलन भएको रोयटर्सले जनाएको छ।  

    चर्चित अर्बपति हेज फन्ड प्रबन्धक बिल आक्मनले सबैभन्दा ठूलो दान गर्दै ९९ हजार ९९९ अस्ट्रेलियन डलर सहयोग गरेका छन् र सामाजिक सञ्जाल एक्समार्फत अभियान साझा गरेका छन्। आइतबार भएको गोलीकाण्डलाई अस्ट्रेलियामा झण्डै तीन दशकयताकै भयानक गोलीकाण्ड भनिएको छ। 

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १२:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij