Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मन्त्रिपरिषद्मा पुरानै अनुहार

मन्त्रिपरिषद्मा पुरानै अनुहार


  • 7.1K
    Shares

    • images
    मन्त्रिपरिषद्मा पुरानै अनुहार
    images

    ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जसअनुसार उपपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री विष्णु पौडेलले यसअघिकै जिम्मेवारी पाएका छन्। 

    त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दाबा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलिकुमारी महतो रहेका छन्। मन्त्रीहरूले पनि शुक्रबार नै सपथ लिएका छन्।

    ADS_Safaa.gif

    यसैगरी सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नवराज राउत र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक दोहोरिएका छन्। उनीहरूले पनि सपथ लिएका छन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत विशिष्ट अधिकारी उपस्थित थिए। यो समाचार आजको नागरिक दैनिकमा छ । 

     

     
     

    प्रकाशित मिति :जेठ १ २०७८ शनिवार - ०७:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij