२०८२ पौष १ गते मंगलवार
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने इन्स्योरेन्स जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij