२०८२ चैत्र १ गते आइतवार
गोरखा। गोरखाका दुई स्थानीय तहमा थप ८७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको आरुघाट गाउँपालिका र सहिद लखन गाउँपालिकामा संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार सहिद लखन गाउँपालिकाको वडा नम्बर ६ को ३१ जना, वडा नम्बर ८ मा १६ जना तथार वडा नम्बर ७ मा ३ जनामा कोरोना पुष्टी भएको हो ।
त्यस्तै आरुघाट गाउँपालिकाको वडा नम्बर वडा नम्बर ८ मा २५ जना, वडा नम्बर ९ मा ९ जना, वडा नम्बर १० मा २ जना र वडा नम्बर ४ मा २ जनामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij