२०८२ मंसिर २६ गते शुक्रवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश पारितको प्रस्ताव सहित बत्तीसौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस १८ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij