Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज


  • 24.1K
    Shares

    • images
    पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज

    काठमाण्डौ । पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो ।

    उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए ।

    कोमलको अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

    भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसहित परिवारका अरू सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पूर्वराजा शाह भने बुधवार नै डिस्चार्ज भइसक्नुभएको छ । 

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १७:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij