Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

९४ वर्षीया वृद्धाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि

९४ वर्षीया वृद्धाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि


  • 6.5K
    Shares

    ९४ वर्षीया वृद्धाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

    वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएपछि जिल्ला अस्पतालको टोलीले घरमै पुगेर एन्टिजेन परीक्षण गरेको थियो ।

    अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार वृद्धामा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या थियो । वृद्धाको शुक्रबारै काबेली घाटमा अन्त्येष्टि गरिएको छ ।

    स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परिवारले अन्त्येष्टि गरेका हुन् । बैशाख महिनामा जिल्लामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १५:४९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij