Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


  • 1.1K
    Shares

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    काठमाडौं । महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट” विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । 

    आइतबार भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बिच ‘इन्डिया बिजनेस अवार्ड’  कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । 

    महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका थिए ।  बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ । 

    यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा-पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिती दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो । 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १२:१२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij