Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न


  • 526
    Shares

    नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
    images

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

    उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद  र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गर्नु भएको थियो ।

    उक्त प्रतियोगितामा Best Goal Keeper नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, Best Defender हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका सुनिल थापा, Highest Scorer हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र  Best  Player of the Tournament नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्ग लाई ट्रफि प्रदान गरिएको थियो ।

    साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि Ground उपलब्ध गराउनु हुने सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरे ।

    उक्त प्रतियोगिता कम्पनीको फेसबुक पेज https://www.facebook.com/nepalinsurance.nic बाट  प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १२:००:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij