Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु


  • 4.9K
    Shares

    धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

    जनकपुरधाम । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ ।

    मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोदकुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिएका छन् ।

    दुई सातादेखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि वडाअध्यक्ष विनोदकुमार मण्डल गाउँमै औषधी सेवन गरेर अलि सञ्चो भएका थिए । घर फर्किएकोको दुई दिनपछि पुनः बिरामी परेपछि उनलाई उपचारका लागि धनुषा अस्पतालमा ल्याइएको थियो ।

    त्यहाँ पनि विसेक भएपछि वडाअध्यक्ष घर फर्किएका थिए । फेरि केही दिनपछि श्वासप्रश्वासमा समस्या आएपछि चन्द्रकला देवी अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो ।

    श्वासप्रश्वासमा समस्या भएपछि वडाअध्यक्ष मण्डलको शुक्रबार बिहान मृत्यु भएको नगरप्रमुख यादवले बताए। मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १४:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij