लक्ष्मी सनराइज बैंकले बोलायो वार्षिक साधारण सभा, बुक क्लोजको मिति तय - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

लक्ष्मी सनराइज बैंकले बोलायो वार्षिक साधारण सभा, बुक क्लोजको मिति तय

लक्ष्मी सनराइज बैंकले बोलायो वार्षिक साधारण सभा, बुक क्लोजको मिति तय


  • 1.1K
    Shares

    लक्ष्मी सनराइज बैंकले बोलायो वार्षिक साधारण सभा,  बुक क्लोजको मिति तय

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको छ।

    हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    यसका साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ। 

    प्रकाशित मिति :मंसिर १८ २०८२ बिहिवार - ११:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij