नबिल इन्भेष्टमेन्ट बैंकिङ्गद्वारा संचालित ‘एन आई ३१’ का ईकाइहरुको खरिद-बिक्री कार्य सुरु - Khabar Center
Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गद्वारा संचालित ‘एन आई ३१’ का ईकाइहरुको खरिद-बिक्री कार्य सुरु

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गद्वारा संचालित ‘एन आई ३१’ का ईकाइहरुको खरिद-बिक्री कार्य सुरु


  • 638
    Shares

    नबिल इन्भेष्टमेन्ट बैंकिङ्गद्वारा संचालित ‘एन आई ३१’ का ईकाइहरुको खरिद-बिक्री कार्य सुरु

    काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ नामक योजनाका ईकाइहरुको खरिद\बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएको व्यहोरा कम्पनीले जनाएको छ । 

    यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ । 

    साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट https://mutualfund.nabilinvest.com.np/ मार्फत खरिद\बिक्री गर्न सकिने जनाएको छ । 

    इच्छुक लगानीकर्ताहरुले SIP मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा  SIP मार्फत एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

     

     

     

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १३:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij