Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम कति पाउँछन् ?

सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम कति पाउँछन् ?


  • 260
    Shares

    सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम कति पाउँछन् ?
    images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१\८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

    कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

    अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ।

    सिजिजन शुभारम्भ योजनामा ० देखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। त्यस्तै १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ४६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ। 

    वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १० देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २७ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार २८ रुपैयाँ बोनसदर कायम गरेको छ। 

    सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख) मा कम्पनीले प्रतिहजार ० देखि ९ वर्ष अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ। 

    सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

    सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख) मा कम्पनीले प्रतिहजार ० देखि ९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ। 

    कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १२:४२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij