Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

राष्ट्र बैंकको बोर्ड बैठक भोलि बस्ने

राष्ट्र बैंकको बोर्ड बैठक भोलि बस्ने


  • 1.0K
    Shares

    राष्ट्र बैंकको बोर्ड बैठक भोलि बस्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड)को बैठक भोलि सोमबार बस्ने भएको छ। चालु आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामाथि छलफल गर्न भोलि राष्ट्र बैंकको बोर्ड बैठक बस्न लागेको हो।

    नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ। 

    राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भने, ‘तर, आजसम्म समीक्षा भोलि ल्याउने र बोर्ड बैठक यतिखेर बस्ने भन्ने जानकारी प्राप्त भएको छैन। यद्यपि, सम्भवतः भोलि समीक्षा आउँछ।’

    स्रोतका अनुसार आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार पारेर म्यानेजमेन्ट कमिटीसमक्ष पेस गरिसकेको छ। 

     

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - १६:४७:४३ बजे

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij