२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप कन्क्लाभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।
बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij