Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्सले नबिल बैंकसँग “च्यानल फाइनान्सिङ” सुरु गर्न साझेदारी गरेको घोषणा

लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्सले नबिल बैंकसँग “च्यानल फाइनान्सिङ” सुरु गर्न साझेदारी गरेको घोषणा


  • 1.2K
    Shares

    लुम्बिनी सिरेमिक्सद्वारा उत्पादित लामिनार टाइल्सले नबिल बैंकसँग “च्यानल फाइनान्सिङ” सुरु गर्न साझेदारी गरेको घोषणा

    काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता-पत्र हस्ताक्षर गरी आदान-प्रदान गरिएको छ ।

    यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउनेछ। नबिल बैंकले ०.५५ लोन प्रशासकीय शुल्क, एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ-डिपोजिट लकर र पि.ओ.एस मेसिन शुल्कमा ५०५ छुट, निःशुल्क एस.एम.एस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड, तथा नबिल केयर अन्तर्गतको क्रिटिकल इलनेस बीमा जस्ता विशेष सुविधाहरू उपलब्ध गराउनेछ।

    दुवै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडीटि बढाउने, आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १७:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij