२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । सानिमा बैंकले आगामी १४ मंसिरदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा सधैंका लागि बन्द गर्ने भएको छ ।
मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका अन्य माध्यमको प्रयोग बढेसँगै इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता उल्लेख्य रूपमा घटेपछि बैङ्कले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय नेपाल क्लियरिङ हाउस अन्तर्गतको कनेक्ट आईपीएस र मोबाइल बैंकिङ जस्ता विकल्पहरू लोकप्रिय बन्दै गएका छन् । ग्राहकले यी माध्यमबाटै सहज रूपमा बैंकिङ कारोबार गर्न थालेपछि अतिरिक्त सञ्चालन खर्च गरेर इन्टरनेट बैंकिङ सेवा दिइराख्नु आवश्यक नदेखिएको बैङ्कले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij