Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

नवीकरण नगर्ने दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र राष्ट्र बैंकले गर्‍यो रद्द

नवीकरण नगर्ने दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र राष्ट्र बैंकले गर्‍यो रद्द


  • 1.1K
    Shares

    नवीकरण नगर्ने दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र राष्ट्र बैंकले गर्‍यो रद्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंका दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।

    बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

    इजाजतपत्र रद्द हुने कम्पनीहरूमा काठमाडौं महानगरपालिका ११ सुन्धारा क्षेत्रमा सञ्चालित लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रा.लि. र स्तुपा मनिचेञ्जर प्रा.लि.रहेका छन् । 

    यी दुवै कम्पनीले तोकिएको उक्त समयसीमाभित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न नसकेकोले राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।

    image_PLiMBUrS2W.png

    images
    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १५:१३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij