Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

तीन अर्ब ७६ करोड लगानी गर्दै राष्ट्र बैंक

तीन अर्ब ७६ करोड लगानी गर्दै राष्ट्र बैंक


  • 596
    Shares

    तीन अर्ब ७६ करोड लगानी गर्दै राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो। 

    यसका लागि मंसिर १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५६ करोड ४० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

    यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १५:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij