Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रवि र छविको मुद्दामा बहस स्थगित

रवि र छविको मुद्दामा बहस स्थगित


  • 603
    Shares

    रवि र छविको मुद्दामा बहस स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च  अदालत बुटवलको  ३ नम्बर इजलास पेसी तोकिए पनि स्थगित गरिएको छ।

    न्यायाधीश  मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीले गोलाप्रथाबाट  ३  नम्बर इजलासको परे पनि रविको पक्षबाट निवेदन आएपछि स्थगित गरेको रातोपाटीलाई बताए ।

    यस अघि गत हप्ता सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।जिल्लाको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।अदालतले लामिछाने र जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिएको थियो । 

    images
    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १२:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij